लोपोन्मुख तान्त्रिक भैरव नाच सुरु,भक्तपुरमा चार दिनसम्म चल्ने

काठमाडौँ । साउन २९, भक्तपुरमा ४५ वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीयवासीको पहलमा सुरु भएको मल्लकालीन तान्त्रिक लाय्कू भैल: अर्थात भैरव नाच यस वर्ष हिजो राति ८ बजेदेखि सुरु भएको जानकारी प्राप्त भएको छ ।

दुई वर्ष यहाँको युवाको सक्रियतामा पुनः सञ्चालनमा आएको तान्त्रिक एवम् ऐतिहासिक भैरव नाच गएको दुई वर्ष कोरोना भाइरस सङ्क्रमण महामारीका कारण सञ्चालन गर्न नसके पनि यस वर्ष भने भव्यरूपमा सञ्चालन सुरु भएको हो । भाद्र कृष्ण द्वितीया (गुंलागा द्वितीया) देखि ३१ गते पञ्चमीसम्म मनाइने नाच सञ्चालन एवम् व्यवस्थापन समितिका संयोजक एवम् गुरु अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।