प्रचण्ड–बाबुरामको चुनाव चिह्न र घोषणापत्र एउटै हुने
सहयात्रा टिभी
काठमाडौँ । साउन २९, माओवादी पार्टीबाट बाहिरिएको ७ वर्षपछि अन्ततः डा. बाबुराम भट्टराई माओवादीकै चुनाव चिह्नबाट आउने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग लिने निश्चित भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको चरणबद्ध वार्तापछि एउटै चुनाव चिह्न र घोषणापत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने सहमति भएको हो । यसको औपचारिक घोषणा हुन बाँकी छ ।
बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीले आँखा चिह्न होल्ड गर्दै माओवादीकै गोलाकारभित्रको हसिया हथौडाबाट चुनाव लड्ने सहमति भएको छ । दुवै पार्टीको घोषणापत्र पनि एउटै हुनेछ ।