निजामती कर्मचारीहरुको दोस्रो चरणको आन्दोलन सुरु

सहयात्रा टिभी

काठमाडौँ । साउन ३०, निजामती सेवाका पदहरुको तलबमान निर्धारण गर्न र कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै कर्मचारीहरुले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।


दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत नै कर्मचारीहरुले ‘कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर’ भनी लेखिएको प्लेकार्ड छातीमा टाँसेर आजदेखि कामकाज गर्दै छन् । आजदेखि भदौ २ गतेसम्म यसैगरी कामकाम गर्ने उनीहरुले बताएका छन् ।

निजामती कर्मचारीहरुको संयुक्त ट्रेड युनियन सन्जाल आन्दोलन परिचालन समितिको नामबाट संघर्षरत कर्मचारीहरुले आज ‘पे कमिसन’ (तलब आयोग) आफ्ना प्रतिनिधि पनि समावेश गराउन माग गर्दै सामान्य प्रशासन मन्त्री र अर्थ मन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको जनाएका छन् ।

भदौ १ गते ४ बजे सबै राजनीतिक दलका सचेतकहरुसँग संघीय निजामती सेवा ऐनको मस्यौदा तथा ऐनमा समेटिनुपर्ने विषयमा संयुक्त छलफल गर्ने भदौ २ गते दोस्रो चरणको आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने उनीहरुले जनाएका छन् ।

प्रकाशित : 15 August, 2022

प्रतिक्रिया दिनुहोस्