अन्तर्राष्ट्रिय युवा दिवस

सहयात्रा टिभी

काठमाडौँ । साउन ३०, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले भावी पुस्तालाई दुरुस्त र सग्लो पृथ्वी हस्तान्तरण गर्नुपर्ने  जनाएका छन् ।  मानव क्रियाकलापका कारण पृथ्वीको वातावरण दिनदिनै प्रतिकूल बन्दै गएको भन्दै उनले वातावरण संरक्षणमा युवा पुस्ताले गहन भूमिका निर्वाह गर्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा राजधानीमा आइतबार आयोजित कार्यक्रममा बस्नेतले भने, ‘हामीले यो पृथ्वी पुर्खाबाट विरासतमा पाएका हैनौं, यो त हामीले भावी पुस्तासँग उधारोमा पाएका हौं । त्यसैले भावी पुस्तालाई सग्लो पृथ्वी हस्तान्तरण गर्नुपर्छ ।’ समाजको सचेत र निर्णायक तप्का युवा भएकाले युवाहरुले नै जलवायु परिवर्तनको असर न्युनीकरण गर्न सबैभन्दा गहन भूमिका खेल्नुपर्ने जनाएका छन् ।

कार्यक्रममा नेपाल युथ नेटवर्कका सातै प्रदेशका प्रतिनिधिहरुले युवाका लागि जारी गरेको ९ बुँदे काठमाडौं घोषणापत्र परिषदका कार्यकारी उपाध्यक्ष बस्नेतलाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित : 15 August, 2022

प्रतिक्रिया दिनुहोस्