बञ्चरे डाँडामा फोहोर फाल्न नदिने सत्तारुढ ३ दलका ३ जनाविरुद्ध प्रहरीमा उजुरी

सहयात्रा टिभी

काठमाडौँ । साउन ३०, बञ्चरे डाँडामा फोहोर फाल्न नदिने घोषणा गर्दै वक्तव्य निकाल्ने सत्तारुढ ३ दलका ३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी परेको छ ।

धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए ।

सत्तारुढ ३ दलका ३ जनाविरुद्ध फोहोर बोकेको ट्रक तोडफोड गर्नलगाएको भन्दै ट्रक धनीहरुले उजुरी दिएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।

प्रकाशित : 15 August, 2022

प्रतिक्रिया दिनुहोस्