दाङको देउखुरीमा १० अर्ब लागतको राप्ती करिडोर निर्माण हुदै

सहयात्रा टिभी

काठमाडौँ । साउन ३१,  दाङको देउखुरीमा करिब १० अर्ब लागतमा राप्ती करिडोर निर्माण हुने भएको छ । सहरी विकास मन्त्रालय र एशियाली विकास बैंक (एडिबी) को संयुक्त लगानीमा निर्माण हुन लागेको करिडोरको सोमबार सहरी विकास मन्त्री मेटमणि चौधरीले शिलान्यास गरेका छन् ।

सहरी विकास मन्त्री चौधरीले यो परियोजनाले राप्ती क्षेत्रका जनताको जीवन बदल्न भूमिका खेल्ने विश्वास व्यक्त गर्दै, राप्ती करिडोरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने जानकारी दिनुभयो ।

उनले भने, ‘राप्ती नदी किनारको दुवैतर्फ सडक कालोपत्रेसहित खुला ठाउँमा हरियाली पार्क, नयाँ सहरसहितको बस्ती विकास लगायतको काम हुनेछ । भोलिका दिनमा ठूला व्यवस्थित शहर बनाउन सक्छौं ।’

यस करिडोरसँग चारवटा शहरको परिकल्पना गरिएको छ । हाल रहेको पूर्वको भालुवाङसँगै त्यसको पश्चिम तर्फ क्रमशः गढवा, राजपुर र बाँकेको अगैयामा नयाँ ठूला सहरको विकास गरिने मन्त्रालयका महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

 

 

प्रकाशित : 16 August, 2022

प्रतिक्रिया दिनुहोस्