राष्ट्रपतिलाई विवादमा नमुछ्न र नागरिकतामा साझा धारणा बनाउन एमालेको आग्रह

सहयात्रा टिभी

काठमाडौँ । साउन ३१, प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्ने प्रयास भएको भन्दै असन्तुष्टि व्यक्त गर्दै  प्रतिनिधिसभामा राष्ट्रपतिलाई अनावश्यक विवादमा नमुछ्न र नागरिकतामा साझा धारणा बनाउन आग्रह गरेको जनाएको छ ।

नागरिकता विधेयक पुनर्विचारका लागि राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएपछि उनको भूमिकालाई लिएर भएको टिकाटिप्पणीलाई एमालेले विवादमा तान्ने प्रयासका रुपमा व्‍याख्या गरेको हो ।

प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक अधिकार प्रयोग गरेका कारण अनावश्यक रुपमा विवादमा मुछ्ने प्रयास गर्नु गलत भएको जानकारी दिनु भयो ।

 

 

 

प्रकाशित : 16 August, 2022

प्रतिक्रिया दिनुहोस्