गाउँपालिकाका कर्मचारी गहुँ चोरी गरेको अवस्थामा समातिए

सहयात्रा टिभी

काठमाडौँ । साउन ३१, सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कर्मचारी किसानका लागि आएको गहुँ चोरी गर्दै गरेको अवस्थामा समातिएको जानकारी प्रप्त भएको छ ।

छिन्नमस्ता गाउँपालिका वडा नम्बर–६ कोचाबखारीमा रहेको कृषि शाखामा लुकाएर राखिएको गहुँ त्यसै शाखामा कार्यरत कर्मचारी भुवनेश्वर महतोले चोरी गर्दै गर्दा समातिएको जनाएको छ ।

महतोले विना प्रक्रिया गएराति ९ बजे गाडीमा गहुँ लोड गर्दैगर्दा स्थानीय बासिन्दाले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षसहित प्रहरीलाई जानकारी गराएका थिए ।

लगतै प्रहरी टोलीले गहुँको गाडीसहित चोरीमा संलग्न महतो र अरु तीन जनालाई पक्राउ गरेको छ । उनीहरुसहित गहुँको एक सय बोरा गएराति नै इलाका प्रहरी कार्यालय सखडामा ल्याइएको जनाएको छ ।

 

प्रकाशित : 16 August, 2022

प्रतिक्रिया दिनुहोस्