स्वर्गीय भण्डारीको सम्मान स्वरुप छोरी उषाकिरणलाई काठमाडौं-२ बाट उठाउने एमालेको तयारी
सहयात्रा टिभी
काठमाडौँ । साउन ३१, नेकपा एमालेले पार्टीको विदेश विभागकी सदस्य उषाकिरण भण्डारीलाई काठमाडौंबाट प्रतिनिधिसभा चुनावमा उठाउने तयारी गरेको र यसो गरे स्वर्गीय भण्डारीको सम्मान स्वरुप हुने विश्वास जनाएका छन् ।
भर्खरै भण्डारीलाई एमाले काठमाडौं जिल्ला कमिटीमा लगेको र सदस्य मनोनित गरिएलगत्तै उनलाई जिल्ला कमिटीको सचिवालय सदस्यमा चयन गरिएको जनाएको छ ।
पार्टी अध्यक्ष (ओली) को चाहना उषाजीलाई उठाउने रहेको र भण्डारीसँगै कमिटीमा रहेका एमाले नेताले ‘उषाजी उठ्दा जननेता मदनको सम्मान स्वरुप नै राम्रो हुने विश्वास व्यक्त गरे ।
यसो गरे सक्षम युवापुस्ताको प्रतिनिधित्व हुने सन्देश जान्छ भन्ने बुझाई रहेको जनाए । अहिले पार्टीमा त्यस्तो स्पिरिट युवापुस्ताको प्रतिनिधित्व हुनु आवश्यक रहेको जानकारी दिए ।