घाटा बढेर १ अर्ब ४१ करोड बेहोरि रहेको धरानको वीपी प्रतिष्ठान धरासायी बन्दै

सहयात्रा टिभी

काठमाडौँ । साउन ३१, बेथिति र आन्दोलनका कारण धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरासायी बन्दै गएको छ । प्रतिष्ठानको घाटा अहिले १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

भारत सरकारको सहयोगमा २०५० सालमा स्थापना भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान केही वर्ष नेपालकै उत्कृष्ट मध्येको एक स्वास्थ्य संस्था रहेको थियो ।  प्रतिष्ठान स्थापना भएपछि पूर्वी नेपालका बिरामीलाई काठमाण्डौ आउने बाध्यता हटेको थियो ।

नेपालकै प्रतिष्ठित र पूर्वी नेपालको सबैभन्दा ठूलो तथा अत्याधुनिक उपचार सेवा दिने प्रतिष्ठान राजनीतिक नियुक्ति, आर्थिक अनियमितता र आन्दोलनका कारण धरासायी बन्दै गएको हो ।

प्रतिष्ठानले आज स्वेतपत्र जारी गरेर आर्थिक अवस्था निकै खराब अवस्थामा पुगेको जनाएको छ । यस्तै अवस्थामा लामो समय प्रतिष्ठान सञ्चालन गर्न अप्ठ्यारो पर्ने स्वेतपत्रमा उल्लेख गरेको जानकारी प्राप्त भएको छ ।

३ वर्ष अघिसम्म प्रतिष्ठानले वार्षिक ५८ करोड ६६ लाख रुपैयाँसम्म नाफा कमाएको थियो । श्वेतपत्रमा कोरोना महामारीको प्रभावले बिरामीको चाप घटेको र एक शैक्षिक शत्रमा विद्यार्थी भर्ना नै हुन नसकेको कारण आम्दानी घटेको उल्लेख छ ।

प्रकाशित : 16 August, 2022

प्रतिक्रिया दिनुहोस्