फोहोर व्यवस्थापनमा राजनितिक चलखेलका कारण हैजाको प्रकोप बढ्दो

काठमाडौँ । साउन ३१, पछिल्लो समय फोहोर व्यवस्थापनमा राजनितिक चलखेलका कारण देशका विभिन्न स्थानमा हैजाको प्रकोप बढ्दै गएको समाचारहरु आएका छन् । राजनितिक हस्तक्षेप र नेताहरुको आपसि खिचातानीले राजधानीनका गल्ली गल्ली दुर्गन्धित वन्दै गएको अवस्था छ ।
भर्खरै आएको एक समाचार मा धादिङको थाक्रे गाउँपालिका-२ सिम्लेकी एक महिलामा हैजा देखिएको जनाएको छ । घरमा झाडाबान्ता र पखाला लागेपछि साउन २९ गते उपचारका लागि टेकु अस्पताल काठमाण्डौ पुर्याइएकोमा हैजा पुष्टि भएको जानकारी प्राप्त भएको छ ।
सिम्लेका अन्य चार जनालाई समेत झाडापखाला, बान्ता प्रकारको लक्षण देखिएको स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक घिमिरेले जानकारी दिनुभयो ।
हैजा देखिएपछि मङ्गलवार बिहान धादिङबेसीमा बैठक बसेर स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी तथा गैरसरकारी संस्थाका प्रतिनिधि समेत त्यस क्षेत्रमा खटाइएको छ ।
प्रकोप प्रभावित क्षेत्रमा पानी उमालेर खान, व्यक्तिगत सरसफाइमा ध्यान दिन, खाना तथा पानी छोपेर खान, बासी खानेकुरा नखान स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक सूचना गरी अनुरोध गरेको छ ।
पिउने पानीको नमुना सङ्कलन गरी पानीको गुणस्तर परीक्षण गरिने निर्णय गरिएको धादिङ स्वास्थ्य कार्यालयका प्रमुख घिमिरेले जनाए । यि र यस्तै समाचारहरु उदाहरण वन्दै जानुमा जल वायु प्रदूषण हुनु हो । हैजा लगायत यस्तै भयानक रोगको कारण हामी आफै बन्न पुगेकोमा सचेत हुनु जरुरी देखिन्छ ।