बाथरुममा छिरेपछि नयाँ आइडिया फुर्नु र समस्याको समाधान खोज्न सक्नु एउटा वैज्ञानिक कारण 

सहयात्रा टिभी

काठमाडौँ । साउन ३१, शोधकर्ताहरुले १५ वर्षसम्म गरेको एक अध्ययन अनुसार हामीले दैननदिन गरिरहने तथा खासै दिमागी कसरत तथा सोचविचारको आवश्यकता नपर्ने विभिन्न क्रियाकलाप गरिरहेको बेला हामीमा सिर्जनात्मक ब्रेकथ्रु हुने सम्भावना अत्यधिक हुन्छ ।

 

 

 

तपाईंलाई कुनै नयाँ आइडिया फुर्यो वा आफूले भोगिरहेको समस्याको समाधानको सूत्र फेला पर्यो भने त्यो कुनै काकताली होइन । यस्तो आइडिया आउनु तपाईंको गहन विचार विमर्शको परिणाम हो ।

बाथरुममा नुहाउने, मर्निङवाक गर्ने जस्ता नियमित कार्यहरुमा हाम्रो मस्तिष्क एक प्रकारले अटो पाइलट मोडमा हुन्छ । त्यसैले त्यस्तो बेला दिमागले आफ्नो असाधारण स्मरण क्षमतालाई उपयोग गरी विभिन्न सिर्जनात्मक आइडियाहरु फुराउने वा लामो समयदेखि जकडिएको समस्याको समाधान खोज्ने फुर्सद पाउने शोधकर्ताहरुको भनाइ छ ।

भ्यानकुभरस्थित ब्रिटिस कोलम्बिया विश्वविद्यालयकी स्नायु वैज्ञानिक समेत रहेकी शोधकर्ता कालिना क्रिस्टोफका अनुसार मानिसहरु प्रायः अनपेक्षित समयमा आफूलाई कुनै रोचक तथा नौलो आइडिया प्राप्त भएको भनेर अचम्ममा परिरहेका हुन्छन्, जबकि त्यस्तो विचार वा आइडिया कडा मेहेनतबाट मात्र हासिल गर्न सकिन्छ भन्ने आम मान्यता हुन्छ ।

 

प्रकाशित : 16 August, 2022

प्रतिक्रिया दिनुहोस्