माओवादी केन्द्रको बैठक अपराह्न ४ बजेलाई सर्यो
सहयात्रा टिभी
काठमाडौँ । भदौ २, आज बिहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्न ४ बजेलाई सारिएको छ ।
बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो । आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै अपराह्न ४ बजेका लागि सारिएको जनाएको छ ।
माओवादी नेताहरूका अनुसार बिहान १० बजे सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक पनि बस्ने भएकोले स्थायी कमिटी बैठक सारिएको जानकारी प्रप्तभएको छ ।