रौतहटमा बस र अटो रिक्सा आपसमा ठोक्कीदा चालकसहित तीन जनाको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौँ । भदौ २, रौतहटमा बिहान ५ बजे भएको दुर्घटनामा बस र अटो रिक्सा आपसमा ठोक्कीदा चालकसहित तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

चन्द्रपुर नगरपालिका-२ लच्कामा काठमाण्डौबाट सर्लाहीका लागि छुटेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बसले प्रदेश-२-0२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा रिक्सा चालकसहित तीन जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार रिक्सा चालक सर्लाहीको वाग्मती नगरपालिका-२ सोल्टीका ३८ वर्षका रवि मगर र रिक्सामा चढेका त्यहीँ ठाउँका ४५ वर्षका ढकबहादुर लुङ्गेली, ३८ वर्षका प्रेम ठाडामगरको ज्यान गएको हो । ज्यान गुमाएका ढकबहादुर लुङ्गेलीकी श्रीमती सविना घाइते भएको जनाएको छ ।

थप उपचारका लागि घाइतेलाई चन्द्रपुर अस्पतालबाट वीरगञ्जको न्युरो अस्पतालमा रेफर गरिएको छ । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित : 18 August, 2022

प्रतिक्रिया दिनुहोस्