राष्ट्रपतिद्धारा फिर्ता गरिएको नागरिकता विधेयक विषयगत समितिमा पठाउन एमालेको अडान

सहयात्रा टिभी

काठमाडौँ । भदौ २, नेकपा एमालेले नागरिकता ऐन संशोधन विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउनु पर्ने भनेको छ ।

आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमाले प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल र शेरबहादुर तामाङले नागरिकता विधेयक विषयगत समितिमा पठाउनुपर्ने माग गरेका छन् । राष्ट्रपतिले चासो देखाएर पुनर्विचार गर्न फिर्ता पठाउनुलाई पुर्नविचार गर्न भनिएको भनेर बुझ्नुपर्ने उनिहरुको भनाई छ । पुनर्विचारका लागि भनेर आइसकेपछि राष्ट्रपतिको मान राख्नका लािग पनि समितिमा छलफलका लागि लैजानुपर्ने उनिहरुको भनाइ थियो ।

‘संसदका दुवै सदनबाट पास भइसकेको नागरिकता सम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए । तर राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् ।
सोही अनुसार आजको प्रतिनिधि सभा बैठकबाट विधेयक पारित गर्ने र आवश्यक प्रक्रिया पूरा गरी पुनः राष्ट्रपतिकहाँ पठाउने सत्ता गठनबन्धनका दलहरुको तयारी छ । प्रमाणीकरणका लागि पुनः आएको विधेयक राष्ट्रपतिले फिर्ता पठाउन नमिल्ने संवैधानिक व्यवस्था रहेको छ ।

 

प्रकाशित : 18 August, 2022

प्रतिक्रिया दिनुहोस्