१ सय ९१ रनको लक्ष्य पछ्याउदै घरेलु टोली वेस्ट इन्डिज विजयी

सहयात्रा टिभी

काठमाडौँ । भदौ २, ब्रिजटाउनमा आज बिहान भएको खेलमा न्युजिल्यान्डले दिएको १ सय ९१ रनको लक्ष्य वेस्ट इन्डिजले ३९ ओभरमा ५ विकेट विकेटले विजयी भएको छ ।


न्युजिल्यान्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिज ५ विकेटले विजयी भएको जानकारी प्राप्त भएको छ । उसका शामरन ब्रुक्सले ७९ रनको अर्धशतकीय पारी खेले ।

वेस्ट इन्डिजका अकिल होसेन र अल्जारी जोसेपले समान ३/३ तथा जासन होल्डरले २ विकेट लिए । जितसँगै तीन खेलको एक दिवसीय शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिजले १–० को अग्रता बनाएको छ । दोस्रो एक दिवसीय भोलि र तेस्रो तथा अन्तिम खेल आइतवार हुनेछ ।

 

प्रकाशित : 18 August, 2022

प्रतिक्रिया दिनुहोस्