चलचित्र विकास बोर्डको अध्यक्ष केसीविरुद्ध रिटमाथिको सुनुवाइ सोमबारलाई सर्‍यो

सहयात्रा टिभी

काठमाडौँ । भदौ २, काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ सरेको छ।

गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशसिंह राउतको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीसँग नियुक्तिबारे लिखित जवाफ माग गरेको थियो ।

तर बिहीबारको सुनुवाइमा मन्त्रालयबाट मिसिल मगाइएको, तर चलचित्र विकास बोर्डको अध्यक्षमा सिफारिस गर्दा अंकभारको कागजात नपठाएकाले सोमबारका लागि सुनुवाइ सरेको निवेदकतर्फका कानुनी व्यवसायी अधिवक्ता सूर्यबहादुर पाण्डेले जानकारी दिए ।

 

प्रकाशित : 18 August, 2022

प्रतिक्रिया दिनुहोस्