कार्तिकेय-२ सँगै तीन नेपाली चलचित्र आजदेखि प्रदर्शनीमा
काठमाडौं । भदौ ३, आजदेखि हलहरुमा कार्तिकेय-२ सँगै तीन नेपाली चलचित्र प्रदर्शनीमा आएका छन् । चलचित्र ‘माईकल अधिकारी’ ‘कृष्णलीला’ र ‘प्रेमगञ्ज’ एक दक्षिण भारतीय चलचित्र कार्तिकेय-२ पनि नेपाली सिने बजारमा प्रदर्शनमा आएका जनाएको छ ।
आजैबाट प्रदर्शनीमा आएको रञ्जित रौनियारद्वारा निर्देशित चलचित्र ‘माईकल अधिकारी’मा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ। चलचित्रमा सौगात र सृष्टिसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरालगायतको मुख्य अभिनय छ ।
अर्को चलचित्र पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ र रविन्द्र झाको मुख्य भूमिका रहेको कृष्णलीलालाई दीपक वलीले निर्देशन गरेका हुन् । यो चलचित्र अटिजम रोग पीडित युवकको प्रेम जीवनमा आधारित छ । यस्तै, चलचित्रमा भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको अभिनय रहेको छ ।
प्रदर्शनीमा आएको अर्को चलचित्र प्रेमगञ्ज परिच्छेद सेनको निर्देशनमा बनेको हो । प्रेमकथामा आधारित यस चलचित्रमा तेज गिरी र बेनिशा हमालको मुख्य भूमिका रहेको छ। यस्तै ‘कार्तिकेय(२’मा निखिल सिद्धार्थ, अनुपमा परमेश्वरम र अनुपम खेरको प्रमुख भूमिका रहेको जनाएको छ ।