केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पदाधिकारी टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । भदौ ४, पदाधिकारी टुंगो लगाउन नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज दिउँसो बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकले पदाधिकारी र स्थायी समितिलाई पूर्णता दिने बताइएको छ ।

यसअघि शुक्रबार पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको बैठक निष्कर्षविहीन भएको थियो। शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो।

प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको र आजको बैठकले यस विषयलाई टुंग्याउने बताएका छन्।

माओवादीले महाधिवेशन सकिएको लामो समयसम्म पार्टीले पदाधिकारी चुन्न सकेको छैन । माओवादीमा वर्षमान पुन र जनार्दन शर्माले महासचिव पदमा आकांक्षा राखेसँगै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अफ्ठ्यारोमा परेका छन् । पुन र शर्मा दुवै विश्वास पात्रले महासचिवमा आकांक्षा राखेपछि अध्यक्ष प्रचण्डले मध्यमार्गी बाटो अपनाउँदै देव गुरुङलाई महासचिव बनाउन चाहेको बुझिएको छ । यद्यपि, महासचिव कसलाई बनाउने भन्ने विषयमा अध्यक्ष प्रचण्डले निर्णय लिन सकेका छैनन् ।

प्रकाशित : 20 August, 2022

प्रतिक्रिया दिनुहोस्