केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड पुगे मेडिसिटी अस्पताल

सहयात्रा टिभी

काठमाडौं । भदौ ४, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर नेपाली कांग्रेसका नेता प्रदिप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

एक साताभन्दा लामो समयदेखि उपचाररत गिरिको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रचण्ड शनिबार बिहान मेडिसिटी अस्पताल पुगेका हुन्। प्रचण्डले गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको उनको सचिवालयले जानकारी दिएको छ।

प्रचण्डले गिरिको पछिल्लो अवस्थाको जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन्। गिरिलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार आउन नसकेको चिकित्सकले बताएका छन् ।

नेता गिरिका सहयोगी मन्दिप भारतीका अनुसार गिरिलाई चार दिनअघि नै आईसीयूमा राखिएको थियो। शुक्रबारदेखि अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ।

गिरिको घाँटीमा क्यान्सर भएको छ। साथै निमोनिया पनि देखिएको छ। उनलाई साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

यसअघि, गत मंगलबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गिरिलाई भेट्न मेडिसिटी अस्पतालमा पुगेका थिए।

प्रकाशित : 20 August, 2022

प्रतिक्रिया दिनुहोस्