सरकारलाई दबाब दिन आन्दोलनरत कर्मचारीले बाँडे पर्चा

सहयात्रा टिभी

काठमाडौं । भदौ ५, कर्मचारीमैत्री निजामती सेवा ऐन छिटो जारी गर्न माग गर्दै कर्मचारीहरुले आज सिंहदरबार प्रवेश गर्ने गेट अगाडि पर्चा बाँडेका छन् ।

प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विभिन्न माग राखी तयार गरिएको पर्चा सिंहदरबार भित्र जाने मन्त्री, सांसद, उच्च अधिकारी तथा सेवाग्राहीहरुलाई लक्षित गरी वितरण गरिएको जानकारी दिए । सन्जालले ११ बुँदे माग अघि सार्दै यही भदौ २ गते दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो ।

नेपाल नेजामती कर्मचारी संगठनका उपमहासचिव रामचन्द्र अधिकारीले कर्मचारीहरु आन्दोलित हुनु परेको कारणबारे जानकारी दिन र कर्मचारी मैत्री ऐन जारी गर्न सरकारलाई दबाब दिन गेट अगाडि भेटिने सबैलाई पर्चा वितरणको कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
उनका अनुसार सिंहदरबार प्रवेश गर्ने पूर्व, पश्चिम र दक्षिण गेट अगाडि पर्चा वितरणको कार्यक्रम राखिएको हो । आज बिहान साढे ९ बजेदेखि सुरू भएको यो काम बिहान साढे १० बजेसम्म जारी रहने छ ।

यसैगरी भोलिदेखि कालोपट्टी बाँधेर काम गर्ने, सबै सरकारी कार्यालय अगाडि कर्मचारीका माग लेखिएका कालो ब्यानर टाँग्ने कार्यक्रम तय गरिएको अधिकारीले जानकारी दिए ।

 

 

प्रकाशित : 21 August, 2022

प्रतिक्रिया दिनुहोस्