महोत्तरीका मिटरब्याजी साहलाई ठगी, जालसाजी गरेको आरोपमा प्रहरीले पक्राउ गर्यो

काठमाडौं । भदौ ५, प्रहरीले मिटरब्याजी अनिरुद्ध साहलाई घरबाटै पक्राउ गरेको जनाएको छ । गएराति भङ्गाह नगरपालिका(५ सिद्धपुर घर भएका साहलाई प्रहरीको टोलीले घरबाटै नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरेको आरोपमा साहलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेको साह माथि ठगि मुद्दा चलाउने तयारी भइरहेको महोत्तरीका एसपी कृष्णप्रसाद पङ्गेनीले बताउनु भयो ।
लामोसमयदेखि यस्ता कार्यमा संलग्न साहले भङ्गाह नगरपालिका लगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्मका व्यक्तिलाई ऋण लगानी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
साहले गरिब तथा विपन्न परिवारलाई परेको अप्ठ्यारोको मौका छोपेर चर्को ब्याजमा अर्थात १२ गुणासम्मको तमसुक बनाउने, साँवाको ब्याजको स्याजसमेत असुल गर्ने र कानुनी प्रक्रियाबाट सम्पत्ति हडप्ने कार्यमा लामो समयदेखि संलग्न रहेको प्रहरीले जनाएको छ।