फाइजर खोप ५० जिल्लाका बालबालिकामा आजदेखि शुरु हुदै

काठमाडौं । भदौ ५,आजदेखि फाइजर खोप शुरु हुदै, ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो ।
यस्तै, भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको खोप फाइजरको दोस्रो मात्रा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले जनाएको छ ।