बाबुरामको समाजवादी पार्टी कार्यालय अब देखि तीनकुनेमा
सहयात्रा टिभी
काठमाडौं । भदौ ६, नेपाल समाजवादी पार्टीले काठमाडौंको तीनकुने सुविधानगरमा पार्टी कार्यालय सञ्चालनमा ल्याएको जानकारी प्राप्त भएको छ । अध्यक्ष बाबुराम भट्टराईले कार्यालय परिसरमा खिचेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
पार्टी कार्यालय स्थापना भएको केही दिन भइसकेको भट्टराईंका स्वकीय सचिव पोखरेलले जनाएका छन् । नेकपा माओवादी केन्द्रसित चुनावपछि पार्टी एकता समेत गर्ने सहमति गरेको समाजवादी पार्टीले ५ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा माओवादीकै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने जनाएको छ ।
भट्टराईले पार्टी कार्यालय पनि माओवादी केन्द्रको पार्टी कार्यालय नजिकै स्पथापना गरेका छन् । मासिक एक लाख रुपैयाँ भाडा तिर्ने गरी हिसिला यमीको दिदी तिमिला यमी थापाको घरमा पार्टी कार्यालय राखिएको एक नेताले जनाएको छ ।