न्यायसम्बन्धी विधेयक प्रस्तुत गर्न प्रतिनिधि सभामा वसेको बैठक एक सातालाई स्थगित

सहयात्रा टिभी

काठमाडौं । भदौ ७, न्यायसम्बन्धी विधेयक प्रस्तुत गर्न प्रतिनिधि सभामा वसेको बैठक नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक सातालाई स्थगित गरिएको छ ।

आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो ।एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

नेकपा एमालेको आज स्थायी कमिटी बैठक छ । यसैगरी ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ । आजको बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरेका छन् ।

 

 

प्रकाशित : 23 August, 2022

प्रतिक्रिया दिनुहोस्