टिकापुर घटनालाई ७ वर्ष पछि स्मरण गर्दै आज कालो दिन, विद्रोह दिवसका रुपमा मनाउँदै

सहयात्रा टिभी

काठमाडौं । भदौ ७, कैलालीको टिकापुरमा थरुहट र थारुवान तथा अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको घटनाको ७ वर्ष पूरा भएको छ । घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।

२०७२ सालमा संविधान जारी हुनु अगाडि तत्कालीन सेती र महाकाली अञ्चलका ९ जिल्ला एउटै प्रदेशमा समेटिनुपर्ने अखण्ड सुदूरपश्चिम पक्षधर र कैलाली तथा कञ्चनपुरलगायत पश्चिम तराईका बर्दिया, बाँके, दाङ, कपिलवस्तुलगायत पहाडी जिल्लाबाट अलग्गै थरुहट प्रदेशमा समावेश हुनुपर्ने लगायत माग राख्दै भएको आन्दोलनमा हिंसात्मक झडप हुँदा आठ जनाको ज्यान गएको थियो ।

जितपछि आत्मसमर्पण गरेका उनलाई जिल्ला र उच्च अदालतले जन्मकैद सुनाएको हो । मोर्चाले चौधरीसहितका कैदीबन्दीलाई रिहाइ गर्नुपर्ने माग राख्दै आएको छ । चौधरीले यी फैसलाविरुद्ध सर्वोच्च अदालतमा गरेको पुनरावेदन अहिले विचाराधीन छ ।
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले आजको दिनलाई विद्रोह दिवसका रुपमा मनाउँदैछ । टिकापुर घटनालाई थरुहट र थारुवान संयुक्त मोर्चाले ‘कालो दिन’ का रुपमा लिएको छ ।

 

प्रकाशित : 23 August, 2022

प्रतिक्रिया दिनुहोस्