बन्दको मौका छोपी चालकले आफैंले चलाउने टिपर जलाए

सहयात्रा टिभी

काठमाडौं । भदौ ७,  बीमाको लोभमा परी आफैंले चलाउने टिपर जलाएको भन्दै प्रहरीले दाङमा चालक र सहचालकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् ।

आज नेत्रविक्रम चन्द विप्लवसहित कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेपछि दाङमा बिहानै बन्दको मौका छोपी आफैंले चलाउँदै आएको टिपरमा आगजनी गरेको पुष्टी भएपछि प्रहरीले चालक र सहचालकलाइ पक्राउ गरेको हो । प्रहरी नायब उपरिक्षक राजनकुमार गौतमका अनुसार घोराही–लमही सडकखण्डको बबई खोलाको पुलमा म‌गलबार बिहान रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको थियो ।

एका बिहानै टिपरमा आगो लागेको देखेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे सोधपुछ गर्दा आगजनी गरिएको ट्रक दुईदिनदेखि मर्मतका लागि ग्यारेजमा राखिएको रहेछ । बिहानै बन्दकर्ताहरु सडकमा नभएको र अन्य सवारी साधान चलिरहेको देखेपछि घटना शंकास्पद मानेर अनुसन्धान सुरु गरेको जनाए ।

अनुसन्धानकै क्रममा बीमाको लोभमा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा चालक आफैंले आगजानी गरेको पुष्टि भएको डीएसपी गौतमले बताए । बन्दको बाहना बनाएर बिमाको दाबी गर्न आफैंले गाडीमा आगो लगाएको खुलेको उनले बताए । डीएसपी गौतमले गाडीका मालिकको पनि खोजी भइरहेको जानकारी दिए ।

 

प्रकाशित : 23 August, 2022

प्रतिक्रिया दिनुहोस्