कोरोनाको कारण १ को मृत्यु थप ६३४ जना संक्रमित

काठमाडौं । भदौ ७, पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाको कारण १ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४९ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २२१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमणमुक्त भएका छन् ।