महानगरपालिकाबाट काठमाडौं मलको अनधिकृत संरचना हटाउन डोजर चल्यो

काठमाडौं । भदौ ८,काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ । बुधबार विहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको जनाएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेका थिए । काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । यो भवन भाडामा लिएकाहरुले अनधिकृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थियो ।
जसले भूमिगत पार्किङमा समस्या थपेको छ । महानगरले फुटपाथ तथा पार्किङ स्थालमा अनधिकृत रुपमा वस्दै आएका व्यापारीहरुलाई हटाएर पार्किङ स्थाल खुल्ला गर्ने र महानगरलाई भिडभाड रहीत सफार स्वच्छ राखने उद्धेश्यले यसो गरेको जनाएको छ ।