स्वर्गीय प्रदीप गिरिको इच्छा अनुसार सरिता गिरीबाट नेपाल सद्‍भावना पार्टी परित्याग

सहयात्रा टिभी

काठमाडौं । भदौ ८, प्रदीप गिरिको अन्तिम इच्छा बताउदै सरिता गिरीले नेपाल सद्‍भावना पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । सरिता गिरीले फेसबुकमा लेखेकी छिन्,

‘म दिवंगत माननीय प्रदीप जीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेण्डालाई अगाडी बढाउनका लागि वहाँको अन्तिम इच्छा अनुसार आफू नेपाल सद्भावना पार्टी बाट स्वतन्त्र भएको घोषणा गर्दछु,’र ‘नेपाल सद्‍भावना पार्टीलाई मैरो सदैव सद्‍भावना रहने छ ।’२०७४ सालदेखि सिरहा लहानमा बसेर काम गर्दै आएको दाबी गर्दै उनले त्यहींका जनताबीच कर्मभूमि रहेको बताएकी छिन् ।

तर उनले आफूले प्रदीप गिरिको विरासत वा उत्तराधिकारीको दाबी नगरेको प्रष्ट्याएकी छिन् । उनले लेखेकी छिन्, ‘म प्रष्ट गर्न चाहन्छु म विरासत वा उतराधिकारको राजनीतिमा विश्वास गर्दिन न त प्रदीप दाइ गर्नु हुन्थ्यो । कर्मको राजनीति मेरो साध्य र साधन दुबै हुने छ ।’ स्वर्गीय प्रदीप गिरिको अन्तिम इच्छा अनुसार आफू सदभावना पार्टीबाट स्वतन्त्र भएको बताएकी छिन् ।

 

 

प्रकाशित : 24 August, 2022

प्रतिक्रिया दिनुहोस्