अवैध संरचना भत्कीदै, नक्सा पास विना बनेका साना ठुला कसैलाइ नछोड्ने बालेनको अडान

काठमाडौं । भदौ ८, काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो । मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो ।
भत्कीएका टहराहरुका व्यपारीहरुले बालेन समक्ष क्षतिपूर्ति माग राखि विलाप गर्दा बालेनले भने घरधनी दोषी हुने बताए । घरधनी प्रति संकेत गर्दै उनले भने, ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो, क्षतिपूर्ति उसले दिनुपर्छ, किनकी दोष उसको हो ।
काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरमा गैरकानुनी संरचना बनाएर भाडामा लगाउने व्यक्ति दोषी हुने बताउदै ’बालेनले भने जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली हुने भन्दै साना ठुला कसैलाइ नछोड्ने अडान लिएका छन् ।
बुधबार न्यूरोड क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना हटाउन ठूलो संख्यामा प्रहरी र डोजरसहित पुगेका मेयर बालेनले पिडित व्यापारीसँग यस्तो प्रतिक्रिया दिएका हुन् । उनले व्यापारीहरु मारमा नपर्ने आश्वासन समेत दिए ।
मेयर बालेनसँग न्यूरोडमा स्थानीयले सडकमा बेच्न राखेको पानीपुरीसहितका पसल समेत हटाउन माग गरे । जवाफमा मेयर बालेनले त्यसबारे सूचना दिन आग्रह गरे । उनले भने, ‘नक्सा पासविना बनेका सबै संरचना हट्छन् । ’अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताए ।
अवैध संरचनामा डोजार नचलाउन अनुरोध गर्दै आएकाहरुलाई उनले भने, ‘काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदै छ,’ उनले थपे, ‘अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइन्छ ।’
बबरमहलमा अत्याधुनिक शैलीमा बनाइएको अदालतको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन । जसका कारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गरिरहेका छन् ।