स्वास्थ्यकर्मी  आफै हुदा पनि डोटीमा एक सुत्केरीको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौं । भदौ ९,  स्वास्थ्यकर्मी  आफै हुदा पनि डोटीमा एक सुत्केरीको उच्च रक्तश्रावका कारण ज्यान गएको छ ।

आदर्श गाउँपालिका–६ गिरिचौकाकी ३२ वर्षीया जानकी खडायतको गएराति ज्यान गएको हो । खडायत गिरिचौका स्वास्थ्य चौकीमा अनमीका रुपमा कार्यरत हुनुहन्थ्यो ।

स्वास्थ्यकर्मी समेत रहेकी खडायत सुत्केरी व्यथा लागेर अस्पताल पुग्नुभएको थियो । उहाँले मृत बच्चा जन्माउनुभएको थियो । तर बच्चा जन्मिएपछि उच्च रक्तश्राव हुँदा उहाँको ज्यान गएको जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले जानकारी दिनुभयो ।

 

प्रकाशित : 25 August, 2022

प्रतिक्रिया दिनुहोस्