विपिन कार्की विरुद्ध निर्माता सुवास थापाले दिए उजुरी

सहयात्रा टिभी

काठमाडौं । भदौ ९, फिल्म प्रसाद २ का निर्माता सुवास थापाले अभिनेता विपिन कार्की विरुद्ध चलचित्र निर्माता संघमा उजुरी दिएका छन् । विपिनबाट क्षतिपूर्ति भराइदिन माग गर्दै उनले संघमा उजुरी दिएको जानकारी प्राप्त भएको छ ।

चलचित्र निर्माता संघमा थापाले दिएको उजुरी दर्ता नम्बर ००३र२०७९र०५र०९ रहेको छ । कास्कीमा ‘प्रसाद २’ को छायांकन सुरु भएकै दिन विपिनले सेट छाडेर हिंडेर फिल्म अलपत्र पारेको भन्दै थापाले क्षतिपूर्ति माग गरेका छन् ।

‘प्रसाद २’को ब्यानरमा सुवास थापा प्रोडक्सन रहे पनि नयाँ निर्माताको रुपमा केशव पाण्डे भित्रिएका थिए । विपिन रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’मा व्यस्त छन् । विपिनले भने थापासँग ‘प्रसाद २’ मा सहकार्य गर्न नसकिने बताइसकेका छन् ।

विपिनले आफूले ‘प्रसाद २’ मा काम नगर्नुमा पारिश्रमिक पाउने निश्चितता नभएको बताएका थिए । उजुरी आएपछि अब निर्माता संघले विपिन र सुवास दुवैलाई छलफलमा बोलाउने तयारी गरेको छ ।

 

प्रकाशित : 25 August, 2022

प्रतिक्रिया दिनुहोस्