पहिरोले दाङ-सल्यान सडक खण्ड अवरुद्ध

सहयात्रा टिभी

दाङ ।  भदौ १०, गएरातिदेखि परेको अविरल वर्षाका कारण राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक अवरुद्ध भएको छ।

दाङ-सल्यान सडक खण्ड अन्तगर्त तुलसीपुर-३ साततलेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि गाडी सञ्चालनमा आउन सकेका छैनन् ।

बिहानैदेखि गाडी रोकिएको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : 26 August, 2022

प्रतिक्रिया दिनुहोस्