सिट बाँडफाँटको टुंगो लगाउन गठबन्धन कार्यदलको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । भदौ १२, आगामी निर्वाचनका लागि सिट बाँडफाँटको जिम्मा पाएको सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ बजे बस्ने बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल गर्ने भएको हो।

कार्यदलले यसअघि अलग अलग रुपमा प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल गरेको थियो। सत्ता गठबन्धनभित्र सबै दलहरुले आ-आफ्नो दाबी पेश गरेका छन्। गठबन्धनमा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेसले धेरै सिटमा दाबी गरेको छ भने माओवादी केन्द्रले पनि दोस्रो हैसियतमा सिट दाबी गर्दा सिट बाँडफाँट निष्कर्षमा पुग्न सकेको छैन।

यस अघिको कार्यदलको बैठकमा नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी पेस गरेका थिए ।

प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिएअनुसार कार्यदलमा छलफल निरन्तर चलिरहेको छ ।

प्रकाशित : 28 August, 2022

प्रतिक्रिया दिनुहोस्