नेपाल र केन्याको तेस्रो खेल आज
सहयात्रा टिभी
काठमाडौं । भदौ १२, नेपाल र केन्याबीचको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

दुवै टोली आजको खेल जित्दै शृङ्खलामा अग्रता लिने योजनामा छ ।
पहिलो खेलमा नेपाल ५ विकेटले विजय भएको थियो भने दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै १८ रनले जितेको थियो ।


