विष्णुमती र बल्खु खोलामा बाढी, सतर्कता अपनाउन आग्रह
सहयात्रा टिभी
काठमाण्डौ । भदौ १२, काठमाण्डौको बल्खु खोलामा पानीको सतह बढेको छ ।

विष्णुमती र बल्खु खोलामा जल सतह सतर्कता तह आसपास पुगेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
खोलाको बाढी बस्ती र सडक किनारसम्मै जान सक्ने भएकाले किनारको सडकमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिएको हो ।


