अष्ट्रियामा इनासले तीज विशेष कार्यक्रम मनायो

काठमाडौँ । भाद्र १२, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रियाको आयोजनामा ‘माइती चेली दर साँझ २०७९’ सम्पन्न भएको छ।
हरितालिका तीजको अवसरमा गत शनिबार भियानामा तीज विशेष कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा स्थानीय कलाकारहरूले तीजका चर्चित गीतहरूमा एकल तथा सामूहिक नृत्य प्रस्तुत् गरेका थिए । कलाकारहरू श्रद्धा थापा र बबिता पुनको नृत्यले दर्शकको मन जितेको थियो।
अष्ट्रियामा नै जन्मे हुर्केका बालबालिकाहरूले पनि नेपाली कला र संस्कृतिमा चासो व्यक्त गरका थिए । कन्चन बोहरा, सुनी लामिछाने, सोफिया लामिछाने, बिद्या टन्डन, दिव्या ढकालले स्वागत नृत्य प्रस्तुत गरे।
कार्यक्रममा इनासका कलाकारहरू सम्झना बोहरा, शिला अधिकारी, वर्षा पौडेल, पवित्रा केसी कार्की, गंगा पोखरेल, नुनिता सापकोटा, एजिला श्रेष्ठ, सम्झना गिरी, शोभा शर्मा र स्याण्डी भण्डारीले सामूहिक नृत्य गरेर मनोरन्जन प्रदान गरेका थिए ।
नारीहरूको महान चाड आयोजना गरिएको कार्यक्रममा लक्की ड्र मार्फत विभिन्न आकर्षक पुरस्कार वितरण गरिएको थियो ।