विशाल बजारको नक्सासहित वडामा पेश हुन २४ घण्टे निर्देशन

सहयात्रा टिभी

काठमाडौँ । भाद्र १३, काठमाडौं महानगरपालिकाले विशाल बजारको नक्सा लिएर २४ घण्टाभित्रमा वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

सोमबार महानगरको टोलीले विशाल बजारको अनुमगन गर्दा बेसमेन्टमा रहेको पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन अल्टिमेटम दिएको हो । विशाल बजार कम्पनीले भने महानगरको टोलीलाई बेसमेन्टमा रहेको पसलहरु वैधानिक रहेको दावी गरेको छ ।

प्रकाशित : 29 August, 2022

प्रतिक्रिया दिनुहोस्