बिरा कम्प्लेक्समा महानगर प्रहरी र व्यवसायीबीच घम्साघम्सी

काठमाडौँ । भाद्र १३, काठमाडौंको न्यूरोडमा रहेको बिरा कम्प्लेक्समा महानगर प्रहरी र व्यवसायीबीच घम्साघम्सी भएको छ ।
सोमबार अवैध संरचना अनुगमन गर्न पुगेको महानगर प्रहरीसहितको टोलीलाई व्यापारीहरुले अण्डरग्राहउण्ड पार्किङको मुखैमा अवरोध गरेका छन् ।
भित्र रहेको होलसेल पसल अनुगमन गर्न पुगेको महानगर प्रहरी व्यापारीको अवरोधका कारण प्रवेशद्वारमै रोकिएका छन् । महानगरले बिरा कम्प्लेक्सको भुईंतलामा रहेको पसलहरु अवैध रहेको बताएको छ ।