महिला च्याम्पियनसिपमा नेपाली टिमको लक्ष्य भारतलाई हराएर उपाधि जित्ने

काठमाडौं । भदौ १५ ,नेपाली महिला फुटबल टिमले भदौ २१ देखि घरेलु मैदानमा साफ च्याम्पियनसिप खेल्दैछ । अघिल्लो पाँच संस्करणमा जस्तै यसपल्ट पनि नेपाली टिमको लक्ष्य भारतलाई हराएर उपाधि जित्ने छ ।
यसपल्ट दक्षिण एसियाका सात टिमको सहभागिता हुँदैछ । सन् २०१० देखि सुरु भएको दक्षिण एसियाली प्रतिस्पर्धामा नेपालको उपाधि यात्रा भरतबाटै रोकिंदै आएको छ ।
प्रशिक्षक कुमार थापाले २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरिसकेका छन् । चार वर्षअघि नेपालमै भएको प्रतियोगितामा उपाधि जित्न असफल नेपाल टिमले यसपल्ट उपाधिलाई नै लक्ष्य बनाएको छ ।