नेपाली फिल्म ‘प्रकाश’को शो बढ्यो

काठमाडौं । नेपाली बक्स अफिसमा यतिबेला दुई चित्र देखिएका छन् । पहिलो, फिल्म ‘प्रकाश’को शोमा वृद्धि भइरहेको छ । दोस्रो, शोमा अन्याय भएको भन्दै ‘राधा’ले प्रदर्शन नै रोकेको स्थिति छ ।
‘प्रकाश’को शो वृद्धि हुनुमा केही तत्व जिम्मेवारी छन्, आक्रामक बजारीकरणको रणनीति, वर्ड अफ माउथ र पब्लिसिटी स्टन्ट । ‘राधा’ यति चाँडै हलबाट बाहिरिनुमा मुख्य कारण कमजोर प्रचार रणनीति हो ।
बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि फिल्म हेर्ने कार्यक्रम छ । अर्थमन्त्री जनार्दन शर्माले पनि उपयुक्त समयमा फिल्म हेर्ने बताएका छन् । कांग्रेस नेता गगन थापा र विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले फिल्म हेरेर रुचाएका छन् ।
‘प्रकाश’को लागि बिहीबारसम्म उपयुक्त समय छ । शुक्रबारदेखि स्पाइडरम्यान, सम्हालिन्छ कहिले मन र झिंगेदाउ रिलिज हुँदैछन्, जसले गर्दा बक्स अफिस प्रतिस्पर्धा पेचिलो बन्न सक्छ । वर्ड अफ माउथ अझै बलियो भए ‘प्रकाश’का लागि दोस्रो सप्ताहन्त पनि सुखद् हुन सक्छ ।