निलम्बित प्रधानन्यायाधिश राणाले आज पनि समितिमा बयान दिने

सहयात्रा टिभी

काठमाडौं । भाद्र १६, चोलेन्द्र शमशेर राणाले प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिमा आज बिहीबार पनि बयान दिने भएको छ ।

समितिले बुधबार ४३ प्रश्न सोधेकोमा राणाले चार घण्टा लगाएर ४ वटा मात्रै प्रश्नको मात्रै जवाफ दिएको थियो ।

जवाफका क्रममा राणाले आफ्नो बचाऊ गर्नुका साथै आफू विरुद्ध लाग्नेहरुका नियत र ब्यवहारको पनि फेहरिस्त प्रस्तुत गरेका थिए ।

राणाले आफूविरुद्धको महाभियोग प्रस्ताव नै निष्क्रिय भइसकेको दाबी गर्दै आफुलाई न्याय दिन समितिसंग आग्रह गरेका थिए ।

महाभियोग प्रस्ताव निष्क्रिय भइसके पनि आफू संसद्को सम्मानका लागि नागरिकको हिसाबले उपस्थित भएको उनको भनाइ थियो । आफूमाथि लागेको अभियोगको प्रस्ताव संविधान र नियमावली संसद्ले पारित नगरेकाले समितिबाटै आफूले न्याय पाउनुपर्ने उनको माग छ ।

आफूपछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाएर आफूमाथि महाभियोग लगाउने र न्यायपालिकालाई कमजोर पार्ने खेल भएको भन्दै राणाले आक्रोस पोखे ।

उनले अर्का न्यायाधीश हरिकृष्ण कार्कीको नियत र ब्यवहारको विषयमा पनि गुनासो रहेको थियो भने तत्कालिन बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौड्यालले आफूसँग खोजेका भागका कुरा पनि गरे ।

 

प्रकाशित : 1 September, 2022

प्रतिक्रिया दिनुहोस्