नारायणगढ मुग्लिन सडक पुन: अवरुद्ध

सहयात्रा टिभी

नारायणगढ । भदौ १६, मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

वर्षाका कारण आज बिहान करिब ५ः५० बजेतिर केराबारीस्थित मौरी पुलमा लेदोसहितको पहिरो खसेको हो । सडक डिभिजनसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित : 1 September, 2022

प्रतिक्रिया दिनुहोस्