अष्ट्रेलियामा नेपाली म्युजिक फेष्टिबल आयोजना हुँदै

सहयात्रा टिभी

काठमाडौँ । भाद्र १६, अष्ट्रेलियाको सिड्नीमा नेपाली म्युजिक फेष्टिबल ‘ड्रिम फेष्ट’ हुने भएको छ ।अष्ट्रेलियामा पहिला सानो सानो कार्यक्रम हुने गरेकोमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो र भव्य नेपाली म्युजिक फेष्टिबल हुने आयोजकले जनाइएको छ ।

ड्रिम हाइट्सले सिड्नीमा रहेका नेपाली समाजको चाहाना अनुसार कलाकारहरुलाई अष्ट्रेलियामा झिकाएर नेपालीहरुको मन जित्न सफल भइरहेको छ ।  आगामी सेप्टेम्बर २३ तारिख हुने कार्यक्रमलाई मार्कक्यु होम्सले आयोजना गर्दैछ भने इभेन्ट म्यानेज ड्रिम हाइट्सले गरेको छ ।

सन् २०१२ देखि अष्ट्रेलियाको विभिन्न कार्यक्रम गर्दै आएको ड्रिम हाइट्स इभेन्ट कम्पनीको दशौं वाषिर्कोत्सवको अवसरको ‘ड्रिम फेष्ट’ हुन लागेको हो । यो कार्यक्रम सिड्नीको मोर पार्कस्थित होर्डेन पेभिलियनमा २३ तारिख शुक्रबार बेलुका ६ बजेबाट सुरु हुने जनाइएको छ ।

झण्डै ५५ सय जनाको क्षमता भएको होर्डेन पेभिलियनमा यसभन्दा पहिला इपीक क्लापटन, एसीरडिसी, निर्भाना, दीप पर्पललगायतले आफ्नो प्रस्तुती दिइसकेका छन् । त्यही हलमा ‘ड्रिम फेष्ट’ हुने भएकाले यसलाई महत्वका साथ लिइएको छ ।

१० वर्षको अवसर पारेर हुने म्युजिकल फेष्टिबलमा नेपालका युवा गायक तथा कलाकार सुशान्त केसी, समीर श्रेष्ठ, र्‍यापर योद्धा र लोकप्रिय ब्याण्ड एलबाट्रसको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

 

प्रकाशित : 1 September, 2022

प्रतिक्रिया दिनुहोस्