झापा-१ बाट कांग्रेस महामन्त्री शर्मा सर्वसम्मत उम्मेदवार सिफारिस
सहयात्रा टिभी
काठमाडौं । भदौं १६, महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लागि सर्वसम्मत रुपमा सिफारिस भएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकले शर्माको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । कांग्रेसका महामन्त्री शर्माले अव झापा-१ बाट चुनाव लड्ने पक्का भएको हो ।
महामन्त्री शर्माले तेस्रोपटक आफ्नै निर्वाचन क्षेत्रबाट संघीय संसदमा चुनाव लड्ने पक्का भएको हो । शर्माले काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला आज उनी झापा-१ बाट चुनाव लड्ने निश्चित भएको हो ।
शर्माले १४ गते मंगलबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका थिए ।