नेपाली फिल्म पनि ओस्कार अवार्ड प्रतिस्पर्धाको तयारीमा

सहयात्रा टिभी

काठमाडौं । भदौ १६, द एकेडेमी अफ मोसन पिक्चर एण्ड साइन्सेजले ९५ औं ओस्कार अवार्डका लागि आवेदन खुलाएको छ । अक्टोबर ३ भित्रै नेपालले एक फिल्मलाई ओस्कारमा सिफारिस गरिसक्नुपर्नेछ ।

नेपालस्थित ओस्कराको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सूचना जारी गर्दै भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरेको छ । नेपालबाट सिफारिस हुने फिल्मले अन्तर्राष्ट्रिय फिचर विधामा प्रतिस्पर्धाको मौका पाउनेछ । सन् २०२२ जनवरी १ देखि नोभेम्बर ३० सम्म हलमा एक साता चलेका फिल्मले मात्र भाग लिन पाउनेछन् ।

कोरोना महामारीको कारण हलमा फिल्म रिलिज हुन नसक्दा गत वर्ष नेपालबाट कुनै फिल्म सिफारिस भएका थिएनन् । तर यसपटक सिफारिसको प्रतिस्पर्धामा कम्तीमा ६ भन्दा बढी फिल्मले भाग लिने अनुमान गरिएको छ ।

यसपटक नेपालबाट दोख, पानीफोटो, राधा, प्रकाश र ऐना झ्यालको पुतली लगायतका फिल्मले प्रतिस्पर्धाको तयारी गरेका छन् । आगामी मार्च १२ मा अमेरिकाको लस एन्जलसमा ओस्कार अवार्ड समारोह हुँदैछ ।

 

प्रकाशित : 1 September, 2022

प्रतिक्रिया दिनुहोस्