लमजुङबाट भरूवा बन्दुकसहित एक युवक पक्राउ

काठमाडौं । भदौ १६, प्रहरीले अवैध भरुवा बन्दुक लुकाइ/छिपाइ राखेको र मानिसहरुलाई धम्की दिएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । उनलाई विशेष सूराकको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा लमजुङको क्व्होलासोथार गाउँपालिका-८ घाम्राङ घर भई हाल सोही गाउँपालिका-९ बस्ने २७ वर्षीय यमबहादुर राना मगर रहेका छन् । उनको साथबाट प्रहरीले बन्दुकमा रहेको ९ वटा छर्राको १८.५ ग्राम, कालो बारूद ४.९ ग्राम र कपडाको गज बरामद गरेको जनाएको छ ।
पक्रुाउ परेका उनीमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।