हलो जुवा बोकेर मिटर व्याजीको विरोधमा किसानहरु प्रदर्शन गर्दै 

सहयात्रा टिभी

काठमाडौं । भदौ १६, किसानहरु हलो जुवा बोकेर मिटर व्याजीको विरोधमा प्रदर्शन गर्दै सडकमा निस्केका छन् । मिटरब्याजबाट पीडित भएकाहरुलाई न्याय दिन माग गर्दै काठमाडौंमा प्रदर्शन भएको जनाएको छ ।

मिटर व्याजबाट पीडित भएका किसान तथा मजदुरसमेतको सहभागितामा प्रदर्शन भएको हो । प्रदर्शनमा किसानहरु हलो जुवासहित सहभागी छन् । उनीहरुले काठमाडौंको माइतीघरदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म प्रदर्शन गर्न् बताएका छन् ।

मिटर व्याजीका कारण घरबार बिहीन हुँदा पनि सरकारले आफूहरुलाई न्याय निदएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रकाशित : 1 September, 2022

प्रतिक्रिया दिनुहोस्