श्रीलंका एसिया कपको सुपर चारमा

सहयात्रा टिभी

काठमाडौं । भदौ १७, बंगलादेशलाई पराजित गर्दै श्रीलंका युएईमा जारी एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ।

बिहीबार राति भएको खेलमा श्रीलंकाले बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर चारमा पुगेको हो।

बंगलादेशले दिएको १ सय ८४ रनको लक्ष्य श्रीलंकाले १९ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो। त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन जोडेको थियो ।

यस जितसँगै समूह ‘बी’ बाट श्रीलंकाले सुपर चारमा स्थान बनाएको छ। यस समूहबाट अफगानिस्तानले यस अघि नै सुपर चारमा स्थान बनाईसकेको छ।

यस समूहमा अफगानिस्तान २ खेलमा ४ अंक जोडेर स्थानमा रह्यो । श्रीलंका २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रह्यो । अंक विहीन बंगलादेश भने बाहिरिएको छ ।

प्रकाशित : 2 September, 2022

प्रतिक्रिया दिनुहोस्